Tuesday, March 1, 2016

सरकारको निर्णय स्वागत योग्य

काठमाडौँ, १८ फागुन । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवम् राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णयप्रति प्रतिष्ठानले स्वागत गरेको छ ।

प्रतिष्ठानले आज यहाँ एक विज्ञप्ति जारी गर्दैै पूर्वकुलपति गुरुङको उपचारका लागि प्रतिष्ठानबाट भएको पहलमा सरकार सकारात्मक भएको भन्दै स्वागत गरेको हो ।

लामो समयदेखि मधुमेहलगायतका समस्याबाट पीडित पूर्वकुलपति एवम् अग्रज सङ्गीतकार गुरुङको यतिबेला भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचार भइरहेको प्रतिष्ठानका सदस्य सचिव गणेश सरिकले जानकारी दिनुभयो । उपचारमा संलग्न चिकित्सकका अनुसार गुरुङको स्वास्थ्यमा सुधार आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts