भक्तपुर, १८ फागुन । भक्तपुरको नगरकोट नगरपालिका वडा नं ९ मजुवामा आज बा१ख ८१८२ नंको मिनीट्रक सडकबाट १९ फिट खस्दा एक महिलाको मृत्यु भएको छ ।
ट्रक चालकले स्टार्ट गरी अगाडि बढाउन खोज्दा अनियन्त्रित भई सडकबाट खसेर टहराभित्र बसेकी स्थानीय ७३ वर्षीया साहिली तामाङको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
मृतकको शव भक्तपुर अस्पताल लगिएको र ट्रक चालक धादिङ तसपुर–७ घर भई हाल काठमाडाँै स्युचाटार बस्ने २१ वर्षीय अजित लामालाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment