Thursday, March 3, 2016

रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिता

कलैया, २० फागुन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज जनजागृति युवा क्लब सिमरा बाराद्वारा सिमरामा आयोजित मोफसलकै सर्वाधिक राशिको ‘रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिता’को आज उद्घाटन गर्नुभयो ।

आयोजक नवजनजागृति युवा क्लब सिमरा र विजय युथ क्लब हेटौँडाबीच भएको आजको पहिलो खेलमा शून्यका विरुद्ध १ गोलले विजय युथ विजयी भयो । शुक्रबार वीरगन्ज युनाइटेड क्लब र सहारा क्लब पोखराबीच हुने खेल हुने भएको छ ।

यही फागुन २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १५ टोलीले भाग लिएका छन् । प्रतियोगिताका विजेतालाई रु पाँच लाख ५१ हजार र उपविजेतालाई रु एक लाख ५० हजार प्रदान गरिने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts