काठमाडौँ, २० फागुन । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले आफ्ना मन्त्रालयका उच्चाधिकारीलाई नेपालको आवश्यकतानुसारको पेट्रोलियम पदार्थको निर्यातका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।
यसअघि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आज साँझ नयाँदिल्लीमा शिष्टाचार भेटका क्रममा नेपालको दैनिक आवश्यकतानुसार पेट्रोलियम पदार्थको शीघ्र आपूर्तिका लागि विशेष व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, सहकार्य तथा दैनिक आवश्यकता र इन्धन आपूर्तिका विषयमा विचार आदानप्रदान भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । रासस
Thursday, March 3, 2016
नेपालको आवश्यकतानुसार पेट्रोलियम पदार्थ निर्यात गर्न निर्देशन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment