काठमाडौँ, ४ चैत । एकीकृत नेकपा (माओवादी)को शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वर्तमान सरकारको काम कारबाहीको समीक्षालगायत विषयमा छलफल हुने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले विशेष गरी सरकारको कामकारबाहीका बारेमा समीक्षा गर्दै कमजोरी भएका विषय सुधार गर्दै जनताको पक्षका काम गर्न हदैसम्म प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।
यस्तै सरकार सञ्चालनमा समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले समेत जनताको पक्षका काम गर्न नसकेको जनाई स्थायी समिति सदस्यले आलोचना गर्नुभएको थियो । बैठकमा प्रदेश इन्चार्ज एवम् सचिवले आआफ्नोे प्रदेशका बारेमा प्रतिवेदन पेस गर्नुभएको थियो ।
अध्यक्ष दाहाल र सरकारमा सहभागी मन्त्रीको कार्यव्यस्तताका कारण बैठक शुक्रबार पुनः केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment