Wednesday, March 16, 2016

इन्डक्सन कुकर हस्तान्तरण

काठमाडौँ, ३ चैत । नेपाल सरकारलाई अनुदान सहयोगमा प्राप्त भएको १० हजार थान आकस्मिक इन्डक्सन कुकर हस्तान्तरण गरिएको छ ।

नेपालीका लागि चिनीया राजदूत वु चुन्ताईले आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई सहयोगसम्बन्धी पत्र हस्तान्तरण गर्नुभयो ।

आपूर्ति सचिव सापकोटाले भूकम्पमा र नाकाबन्दीमा चिनियाँ सरकारले पु¥याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीको चीन भ्रमणले नेपाल र चीनको आर्थिक, सामाजिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत चुन्ताईले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेकाले यसलाई थप प्रगाढ बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी एकआपसमा थप गहिरो सम्बन्ध स्थापना गर्न चाहन्छौँ ।”रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts