डोल्पा (त्रिपुराकोट), ३ चैत । जुफाल विमानस्थल आजदेखि पुनः सुचारु गरिएको छ ।
विमानस्थलमा रोडा बिछ्याउने काम सम्पन्न भएपछि पन्ध्र दिनदेखि बन्द विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ । आयोजना प्रमुख वीरप्रसाद शाहीका अनुसार विमानस्थल सुचारु भएपछि दैनिक उपभोग्य बस्तुको सहज अपूर्ति भएको छ भने जिल्ला बाहिर आवतजावत गर्न सहज भएको छ ।
“केही महिनाभित्रै कालोपत्रेका लागि काम सुचारु गछौँ” उहाँले भन्नुभयो । आजै तारा एयरलाइन्सले नेपालगञ्जदेखि दुईवटा उडान समेत भरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि रु नौ करोड ७० लाख रकम विनियोजन गरेको छ । रासस
No comments:
Post a Comment