गौशाला, ३ चैत । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाका सम्पूर्ण सरकारी कर्मचारीलाई आउँदो एक साताभित्र शौचालय बनाउन निर्देशन दिनुभएको छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समितिको आयोजनामा आज जिल्ला सदरमुकाम जलेश्वरमा आयोजित गोष्ठीमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले महोत्तरी खुल्ला दिसामुक्त जिल्ला बनाउने अभियानलाई सफल बनाउन सबैभन्दा पहिले आउँदो एक हप्ताभित्र जिल्लाका सम्पूर्ण सरकारी कर्मचारीलाई आ–आफ्नो घरमा शौचालय बनाउन निर्देशन दिनुभएको हो ।
विसं २०७३ पुस १६ गते महोत्तरीलाई पूर्ण खुल्ला दिसामुक्त बनाउने लक्ष्य राखिएको छ । यसै सिलसिलामा जिल्लाका सम्पूर्ण निजामति कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई एक हप्ताभित्र शौचालय बनाइसक्न निर्देशन दिइएको हो ।
महोत्तरीमा अहिले मात्र ४२ प्र्र्रतिशत घरमा चर्पी रहेको बताइन्छ । रासस
No comments:
Post a Comment