काठमाडौँ, ३ चैत । वाणिज्य मन्त्री दीपक बोहोराले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहेका बेलायती व्यवसायी सम्मिलित टोलीसँग नेपाल चेम्बर अफ कमर्समा आज आयोजित छलफल कार्यक्रममा मन्त्री बोहोराले नेपालमा नयाँ संविधान जारी भई राष्ट्र स्थायित्वतर्फ बढेकाले लगानी गर्न हिच्किच्याउन नपर्ने बताउनुभयो ।
सरकार स्वदेशी तथा विदेशी पुँजी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउँंदै उहाँले नेपालमा उत्पादित वस्तुको भारत र चीनका बजारमा सहज पहँुच भएकाले जलस्रोत, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरी फाइदा लिन बेलायतका उद्यमीलाई आग्रह गर्नुभयो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकका ठूला परियोजनामा ठूला पँुजी र प्रविधिको आवश्यकता रहेको बताउँदै भन्नुभयो – नेपालको निजी क्षेत्र बेलायतको निजी क्षेत्रसँग मिलेर कार्य गर्न उत्सुक छ ।
बेलायती भ्रमण टोलीका सदस्य रिचार्ड पेलीले बेलायतका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
उहाँले आप्mनो टोली व्यापार तथा लगानीका क्षेत्र पहिचान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताउनुभयो ।
ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले बेलायत र नेपालबीच व्यापार तथा लगानी क्षेत्रका साझा समस्या र लगानीका अवसर पहिचान गर्न आफ्नो संस्थाले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । रासस
No comments:
Post a Comment