Thursday, March 10, 2016

विश्वमा चिनाउने माध्यम खेलकुद क्षेत्र : ज्वाला

दाङ, २७ फागुन । नेकपा ९एमाले०का नेता प्रकाश ज्वालाले मुलुकलाई विश्वमा चिनाउने माध्यम खेलकुद क्षेत्र भएको बताउनुभएको छ ।

आजदेखि दाङ जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् ज्वालाले सगरमाथा र शान्तिका प्रतिक गौतमबुद्धले मात्र नेपाललाई चिनाइरहेका अवस्थामा अर्को महत्वपूर्ण पक्ष खेलुकद क्षेत्र भएको बताउनुभयो ।

नेपालमा क्रिकेट, फुटबललगायत केही खेलकुद विधाबाट अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल भइरहेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो– “शान, मान, शिर ठाडो र आर्थिक समृद्धिको आधार नै खेलकुद हो ।” खेलकुद क्षेत्रमा केही विकृति भित्रएको पनि उहाँले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँङीको अध्यक्षता सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही २९ गतेसम्म सञ्चालन हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts