दाङ, २७ फागुन । आपूर्तिमन्त्री गणेशमान पुनले दाङमा प्रदेशस्तरीय इन्धन डिपो स्थापनाको प्रक्रिया सुरु गर्न नेपाल आयल निगमलाई निर्देशन दिइएको बताउनुभएको छ ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घले यहाँ आज आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले सरकारको नीतिअनुरुप सात प्रदेशमा सात इन्धन डिपो निर्माण गर्ने निर्णय गरिसकिएको जानकारी दिनुभयो । मन्त्री पुनले उद्योगी व्यवसायीलाई मूल्यसूची राख्न पनि आग्रह गर्नुभयो ।
सो अवसरमा सङ्घका अध्यक्ष विमल रिजालले टरिगाउँ विमानस्थलको धावनमार्गको स्तरोन्नति एवम् हवाई सेवालाई नियमित गर्न इन्धन डिपो अत्यावश्यक भएकाले तत्काल डिपो स्थापनाको काम थालनी गर्न र सुविधासम्पन्न बहुआयायिक सभागृह निर्माणका लागि बजेटको व्यवस्था गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस
No comments:
Post a Comment