Wednesday, March 2, 2016

प्रधानमन्त्री– मुख्यमन्त्री भेटवार्ता

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भारत विहारका मुख्यमन्त्री नितीश कुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारत विहार राज्यका मुख्यमन्त्री नितीशले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नु भएको हो ।

भेटका क्रममा दुई देशबीचको प्राकृतिक सम्बन्धलाई अझै कसरी विकास गर्न सकिन्छ भन्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

“भेटका क्रममा प्रधानमन्त्रीले नयाँ संविधान जारी भएका अवस्थामा त्यसको कार्यान्वयनसँगै नेपाल आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको बताउनुभयो”– दाहालले भन्नुभयो । मुख्यमन्त्री नितीशले प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध राम्रो हुँदै गएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts