काठमाडौँ, १९ फागुन । बङ्गलादेशको ढाकामा हुने एमटिबी स्वतन्त्रता दिवस खुला स्क्वास प्रतियोगिता–२०१६ मा सहभागी हुन नेपाली स्क्वास टोलीले आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
बङ्गलादेश स्क्वास एन्ड ¥याकेट महासङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपाली खेलाडीद्वय अरहन्तकेशर सिंह र अमृत थापामगरले प्रतिस्पर्धा गर्ने महासङ्घको महासचिव सुरेश गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता यही फागुन १९ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । रासस
No comments:
Post a Comment