Wednesday, March 2, 2016

शिक्षकविरुद्ध बलात्कारको मुद्दा

तुलसीपुर (दाङ), १९ फागुन । आफ्नै विद्यालय पढ्ने एक छात्रालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक शिक्षकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार शान्तिनगर गाविस–९ जुम्लेकुला निवासी शिक्षक कृष्ण केसीविरुद्ध मुद्दा चलाइएको हो ।

पीडितले दिएको उजुरीको आधारमा केसीमाथि कानुनी कारवाही चलाइएको हो । गत फागुन ६ गते केसीमाथि कक्षा ९ मा अध्ययनरत एक छात्रालाई काम छ भनी बोलाएर खेतमा लगी जबर्जस्ती गरेको आरोप छ ।

गोप्यरुपमा मिलापत्र गर्ने प्रयास विफल भएपछि यो घटना प्रहरीसम्म पुगेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts