दाङ, २९ फागुन । आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँंगको पेट्रोलियम सम्झौता अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचमा व्यापार, पारवहन सम्झौता भएपछि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताउनुभयो ।
देशमा देखिएको असहज आपूर्तिलाई सहज बनाउन सरकार निरन्तर लागिपरेको भन्दै उहाँले लामो समयदेखिको अभाव विस्तारै कम हुने बताउनुभयो ।
भारतीय आयल निगम (आइओसी)ले सम्झौताअनुसारको इन्धन आपूर्ति नगर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव कायमै रहेको बताउँदै उहाँले इन्धनको भण्डार क्षमता अहिलेको १६ दिनलाई बढाएर ९९ दिनसम्म पुग्ने बनाउन लागेको जानकारी दिनुभयो ।
काठमाडाँै उपत्यकालगायत देशैभरि बजारमा म्याद नाघेका र नक्कली उपभोग्य वस्तु बेचेको गुनासो आउने गरेको र खाद्यान्न, औषधि, निर्माण सामग्री र सेवामूलक व्यापारलाई गुणस्तरीयता बनाउन देशैभरि पहिलो चरणमा ३५० जना कर्मचारी खटाएर संस्थागत रुपमा अनुगमन तथा निरीक्षण थालेको मन्त्री पुनको भनाइ थियो । रासस
No comments:
Post a Comment