Saturday, March 12, 2016

लेखापढी व्यवसाय विस्थापित गर्न नहुने

काठमाडौँ, २९ फागुन । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले सम्बन्धित व्यवसायीको पेसालाई मर्यादित र संरक्षित गर्न माग गरेको छ ।

एसोसिएसनअन्तर्गत ललितपुर जिल्ला समितिको १९औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा सहभागी वक्ताले सरकारी कार्यालयमा विद्युतीय प्रविधि, अनलाइन सेवालगायत सूचना प्रविधिको प्रयोग तथा विस्तारका क्रममा लेखापढी कानुन व्यवसायीको रोजगारी विस्थापित गर्न नहुनेमा जोड दिइएको हो ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष तेजप्रसाद ढकालले पछिल्लो समयमा विकास भएका प्रविधिलाई सबै क्षेत्रमा उपयोग गर्न सकेमा कार्यालयमा कार्यसम्पादन छिटो छरितो भई सेवाग्राहीलाई लाभ पुग्ने विश्वास व्यक्त गर्दै व्यवसायीले पनि समयसापेक्ष व्यवसायलाई परिमार्जित र परिष्कृत बनाउनुपर्नेमा जोड दिनुभयो ।

व्यवसायी सीताराम दाहालले यस क्षेत्रका व्यवसायीलाई दक्ष बनाउन सरकारले विभिन्न तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिँदै व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक ऐन ल्याउनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रमका संयोजक विकास महर्जनले सो क्षेत्रमा देशभर करिब २० हजार व्यवसायी कार्यरत रहेका जानकारी दिँदै पेसाबाट विस्थापित गराउने गरी आउने ऐन नियमलाई व्यवसायीले स्वीकार्न नसक्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts