तुलसीपुर(दाङ), १४ चैत । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१त १६०६ नं को ट्र्याक्टर र विपरीत दिशातर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकल घोराही नगरपालिका–१ को रतनपुरमा एक आपसमा ठोक्किँदा एक जनाको मत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा त्रिपुर नगरपालिका खैरा–९ निवासी १९ वर्षीय मिजास डाँगी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही ठाउँका १८ वर्षिया रीता रोका मगर घाइते भएकी छन् । घाइतेको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस
No comments:
Post a Comment