Tuesday, March 1, 2016

११ न्यायाधीशको नाम सिफारिस

काठमाडौ, १९ फागुन । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीशको नाम सिफारिस गर्ने भएको छ ।
गएराती भएको निर्णय अनुसार आज ती नाम सिफारिस गर्नेछ । कानुन व्यवसायीबाट ४ र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट ७ जनाको नाम सिफारिस भएको छ ।
सिफारिसको रोलक्रम अनुसार पुनरावेदन अदालत बाग्लुङका मुख्य न्यायाधीश दीपक कार्की पहिलो नम्बरमा छन् । त्यस्तै केदार चालिसे, शारदा घिमिरे, मीरा खड्का क्रमशः दोस्रो, तेस्रो र चौथो वरियतामा छानिएका छन् । चालिसे पुनरावेदन अदालत विराटनगर, घिमिरे बुटवल र खड्का इलामकी मुख्य न्यायाधीश हुन् ।
उमेर हदका कारण उनीहरु चारै जनाले प्रधानन्यायाधीश नभईकनै अवकाश पाउने छन् । न्यायाधीशहरुको क्रमलाई भंग गर्दै पाँचौं वरियतामा भने महान्यायाधीवक्ता हरिकृष्ण कार्की पर्नुभएको छ ।
परिषद्ले हेटौंडाका मुख्य न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, पुनरावेदन अदालत राजविराजका ईश्वर खतिवडा र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई सिफारिस गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा हाल १० जना न्यायाधीश छन् । संविधानअनुसार सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts