Thursday, March 3, 2016

समृद्धिको आधार निर्माण गर्ने बजेट तयार गरिन्छ– अर्थमन्त्री पौडेल

काठमाडौँ, २४ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रचलित मान्यता भन्दामाथि उठेर आर्थिक समृद्धिको आधार निर्माण गर्र्ने गरी आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट तयार गरिने बताउनुभएको छ ।

अर्थमन्त्रालयमा आज बसेको राजस्व परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताको लामो अपेक्षापछि अत्यधिक बहुमतले संविधानसभाबाट जारी भएको संविधानअन्तर्गत रहेर जारी यो पहिलो बजेट हो, यसले समृद्धिको आधारशीला तयार गर्नुपर्छ ।”

समृद्धिको पक्षमा सबैको साँझा अवधारण बनिसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले उच्च आर्थिक वृद्धि र समृद्धिलाई ध्यानमा राखेर बजेट तयार गर्न र त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । अर्थ सचिव, राजस्व सचिव, निजी क्षेत्रका विज्ञहरुको सहभागिता रहेको सो बैठकमा उहाँले प्रचलित मानसिकताबाट माथि उठेर राजस्व नीति तयार गर्न पनि निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “समस्याको गीत गाएर बस्ने होइन, समाधान दिनुपर्छ ।”

बैठकमा विभिन्न क्षेत्रसँग सम्बन्धित नौवटा उपसमितिका पदाधिकारीको सहभागिता रहेको छ । ती उपसमितिले विभिन्न चरणमा छलफल एवम् परामर्शपछि बजेटको तयारी सम्बन्धमा सुझावसहित दिनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts