Tuesday, March 8, 2016

आपूर्ति सहज बनाउन भारत सकारात्मक : भारतीय राजदूत

चितवन, २५ फागुन । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको पुरानो पार्टी नेपाली काँग्रेसले देशलाई अगाडि बढाउन सक्ने नेतृत्व पाएको बताउनुभएको छ ।

भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उहाँले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहने नेकाले नेपाललाई समृद्ध बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत रायले एक फरक प्रसङ्गमा नेपाल आयल निगमले माग गर्न नसकेका कारण आवश्यक मात्रामा पेट्रोलियम पदार्थ आयात हुन नसकेको तर्क दिँदै नेपालमा आपूर्ति सहज बनाउन भारत सकारात्मक रहेको बताउनुभयो ।

चितवन पर्यटकीय गन्तव्य भएको र नेपाल सरकारसँग मिलेर यसको प्रवद्र्धनमा सहयोग पु¥याउन भारत इच्छुक रहेको पनि उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts