Thursday, March 17, 2016

हत्या आरोपमा पक्राउ

भद्रपुर, ४ चैत । दुई साताअघि झापाको पृथ्वीनगर गाविस–६ का राजन मगरलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनिल किस्कु, नवीन गुरु र विवेक लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अभियुक्तहरु पृथ्वीनगरको चियाबगानमा मगरसहित १८ वर्षीय सञ्जय उराव र १९ वर्षीय सञ्जय लिम्बूलाई पनि आक्रमण गरी घाइते बनाई फरार भएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts