भीमदत्तनगर, १ चैत । जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौ जिल्लाबाट तीन हजार ९४९ जनाले आवेदन दिएका छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टले तीन हजार ५४४ पुरुष र ४०५ महिलाले प्रहरीमा भर्ना हुन आवेदन दिएको जानकारी दिनुभयो ।
गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्तका लागि समय दिइएको थियो । प्रहरीमा ५४४ जनाको भर्ना खुलेसँगै सुदूरपश्चिमका नौवटै जिल्ला प्रहरी कार्यालयमा आवेदन लिइएको थियो ।
सुदूरपश्चिममा सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय, कैलालीमा आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कर्णसिंह कार्कीका अनुसार कैलालीमा ८१४ जना महिला तथा पुरुषले आवेदन दिएका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा ५२६ जनाको आवेदन परेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । त्यस्तै यहाँका पहाडी जिल्लाहरु डडेल्धुरा २८४, बैतडी ४९५, दार्चुला ३५०, बझाङ ३२४, बाजुरा २१६, अछाम २४९ र डोटीमा ९३ जनाले भर्ना हुन आवेदन दिएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment