काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचार खर्च एकमुष्ट दिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सरकार र मोर्चाबीच भएको बैठकमा उहाँले तराईको आन्दोलनका क्रममा सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च एकमुष्ट दिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले निष्पक्ष न्यायिक छानबिन आयोग गठन गर्ने, आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने र मोर्चाको राजनीतिक मुद्दाका विषयमा पुनः बैठक बसेर निष्कर्ष निकाल्ने बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
आयोगको गठन तथा मुद्दा फिर्ता लिने मागका बारेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल र नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण बसेर छलफल गर्ने निष्कर्ष पनि भएको छ ।
बैठकमा मोर्चामा आबद्ध दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, मनिष सुमनलगायतका नेता सहभागी हुनुहुन्थ्यो । मोर्चाका नेताहरुले आजै प्रधानमन्त्री ओलीलाई सातबँुदे ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो ।
मोर्चाले बुझाएको ध्याकर्षणपत्रमा संविधानको पुनर्लेखन, सहिद घोषणा, घाइतेको उपचार, निष्पक्ष न्यायिक छानबिन आयोग गठन, मुद्दा फिर्ता तथा रिहाइ, भूकम्प प्रभावितलाई सहयोग र पुनःनिर्माण, कालोबजारी अन्त्य र आन्दोलन अवधिभरको कर मिनाहा गर्नुपर्नेलगायत रहेका छन् । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment