Friday, March 11, 2016

काँग्रेस नेता पौडेल र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ, २८ फागुन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज भेटवार्ता भएको छ ।

पौडेल निवास बोहोराटारमा आज भएको भेटवार्तामा नेता पौडेलले मधेसको समस्या समाधान गर्न काँग्रेस प्रतिबद्ध रहेको जानकारी गराउनुभएको थियो ।

उहाँले नेपालमा सफलतापूर्वक संविधान जारी भएको र त्यसको कार्यान्वयन अघि बढाउने विश्वाससमेत व्यक्त गर्नुभएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा नेता पौडेलले महाधिवेशनपछि पार्टीको एकता कायम गरेर अघि बढ्न प्रतिबद्ध रहेको समेत अवगत गराउनुभएको थियो ।

भेटमा नेपालका लागि भारतीय राजदूत रायले काँग्रेसको महाधिवेशन र समसामयिक विषयका बारेमा चासो राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts