काठमाडौँ, २४ चैत । पूर्वप्रधानसेनापति गडुलशम्शेर जबराको ८० वर्षको उमेरमा आज निधन भयो ।
लामो समयदेवी छालाको अर्बुद्धरोगबाट पीडित उहाँको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिकमा अस्पतालमा निधन भएको हो । उहाँले २०४८ साल जेठ १ देखि २०५२ साल वैशाख २१ गतेसम्म नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
विसं १९९२ चैत ८ गते ललितपुरमा जन्मिनुभएका गडुलले विसं २०११ साउनमा सहायक सेनानीको रुपमा प्रवेश गरी ४१ वर्ष नेपाली सेनामा सेवा पु¥याउनुभएको थियो ।
नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि गणको रुपमा भाग लिने कार्यको सुरुवात हुँदा विसं २०३१ सालमा इजिप्टको साइनाइमा पहिलो पटक खटिएको श्री पुरानो गोरख गणपतिको रुपमा उहाँले जिम्मेवारी सम्हाल्नुभएको थियो ।
गडुल प्रधानसेनापतिका हुँदा मुस्ताङको कैशाङमा माउन्टेनियरिङ स्कुलको सुरुवात, नेपाली सैनिक प्रतिष्ठानमा अधिकृत आधारभूत तालिम दिने सिलसिलामा स्नातक तहको अध्यापन कार्यको सुरुवात र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको स्थापना गरिएको थियो ।
स्व राणाको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिएको छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँप्रति अन्तिम सम्मान प्रदान गरेको थियो । गडुलप्रति श्रद्धञ्जलि अपर्ण गर्न प्रधानसेनापति राजेन्द्र क्षत्री आर्यघाट पुग्नुभएको थियो । रासस
No comments:
Post a Comment