वीरगन्ज, २४ चैत । पत्रकारिताको माध्यमबाट सामुदायिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएको कदरस्वरुप राष्ट्रिय समाचार समिति नारायणी अञ्चल कार्यालयका प्रमुख शीतलप्रसाद महतो सम्मानित हुनुभएको छ ।
स्व गोपालदास मनान्धर स्मृति कोष वीरगन्जले नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजकसमेत रहनुभएको महतोलाई आज पर्साका प्रजिअ केशवराज घिमिरेले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
त्यस्तै, समाज सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएकी समाजसेवी दिलशोभा श्रेष्ठ र लोकतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वीरगन्जका ज्येष्ठ नागरिक प्रेमनाथ शर्मालाई पनि प्रजिअ घिमिरेले सम्मान गर्नुभयो । समाजसेवी श्रेष्ठलाई रु १५ हजार तथा ज्येष्ठ नागरिक शर्मालाई रु पाँच हजार नगद पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा वीरगन्ज पब्लिक कलेजमा अध्ययनरत कक्षा ११ का छात्र हरिष पटेल, कक्षा १२ का छात्रा मुस्कानकुमारी श्रेष्ठ र बिबिएस पहिलो वर्षका सागरप्रसाद पटेललाई प्रतिमहिना जनही रु एक हजारका दरले एक वर्षको रु १२ हजार नगद छात्रवृत्ति तथा नेपाल राष्ट्रिय (शुक्रराज) प्राथमिक विद्यालय नगवा वीरगन्जको संस्थागत विकासका लागि रु १५ हजार नगद प्रदान गरिएको थियो । साथै नेपाल अपाङ्ग महासङ्घ पर्सालाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा प्रजिअ घिमिरेले न्यायसङ्गत, समावेशी एवम् सामाजिक विकास र समृद्धिका लागि सबैले सक्रियताका साथ कार्य गर्नुपर्ने बताउनुभयो ।
कोषका अध्यक्ष सुदर्शनबहादुर शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राससकर्मी महतोले पत्रकारको व्यावसायिक हकहित तथा मर्यादित र समावेशी पत्रकारिताको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment