काठमाडौँ, २६ चैत । नेपाली काँगे्रस व्यवस्थापिका–संसद्, संसदीय दलको कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ ।
आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने उक्त निर्वाचन विद्युतीय मतदान मेसिनबाट भइरहेको निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो ।
सात प्रदेशबाट एक÷एकजना गरी सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम १५ गरी जम्मा २२ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन सम्पन्न भए लगत्तै निर्वाचन परिणाम आउने समितिले जनाएको छ । रासस
––––––––
No comments:
Post a Comment