Thursday, April 7, 2016

एसएलसी दिने विद्यार्थी बसेको घरमा आगलागी

बाबियाचौर (म्याग्दी), २६ चैत । म्याग्दीको दरवाङमा एसएलसी दिन गाउँबाट आएका विद्यार्थी बसेको एउटा घरमा आज बिहान आगलागी भएको छ ।

जनप्रिय उच्च मावि परीक्षा केन्द्रमा एसएलसी दिन आएका अमरज्योति मावि रुम डाँडागाउँका विद्यार्थी बसेको मेखबहादुर पुनको घर आगलागीबाट ध्वस्त भएको हो । बिहान करिब ८ बजे विद्युत् चुहावट भई आगलागी हुँदा दुईतले घरमा रहेका सबै सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरका लत्ताकपडा, अन्नका साथै एसएलसी दिने विद्यार्थीको पाठ्यपुस्तक लगायतका सामग्री आगोले जलेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । जनप्रिय उच्चमावि नजिकै रहेको उक्त घरमा ६६ जना एसएलसी दिने विद्यार्थी बस्दै आएका थिए । परीक्षा केन्द्रको नजिकै रहेको घरमा आगलागी भएका कारण जनप्रिय उच्चमाविमा आजको एसएलसी ५५ मिनेट ढिला गरी सुरु भएको प्रनाउ खड्काले बताउनुभयो । प्रहरी, स्थानीय बासीन्दा र विद्यार्थीले आगलागी नियन्त्रणमा लिएका थिए । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts