Monday, April 11, 2016

कास्कीका संस्थागत विद्यालयको अनुगमन

पोखरा, २९ चैत । जिल्ला शिक्षा कार्यालय कास्कीको मातहतमा रहेको शैक्षिक अनुगमन समितिले हिजो र आज कास्कीका संस्थागत विद्यालयको अनुगमन गरेको छ ।

जिल्ला शिक्षा कार्यालय, हिसान कास्की, उपभोक्ता मञ्च कास्की र अभिभावक संघ कास्कीले संयुक्तरुपमा ती विद्यालयहरुको अनुगमन गरेको हो ।

अनुगमन गरिएका विद्यालयहरुमा समितिले पुस्तकको सूची र शुल्क सार्वजनिक गर्न र सूचना पाटीमा टाँस्न, बैंंक मार्फत शिक्षकहरुको तलव दिने लगायतका विषयमा विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालका अनुसार आईतवार र सोमवार गरी पोखरामा समूह विभाजन गरी समितिले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश विद्यालयहरुले जिल्ला शिक्षा कार्यालयले जारी गरेको निर्देशिका अनुसार नै काम गरेको पाईएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा कक्षाकोठाको अवस्थाका साथै विद्यालयमा बालमैत्री वातावरण भए नभएको सम्बन्धमा पनि स्थलगत निरिक्षण गरिएको ढकालले जानकारी दिनुभयो । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts