Monday, April 11, 2016

विद्यालय पुनःनिर्माण गर्न रु दश लाख

पोखरा, २९ चैत । गोरखाको नवलपुर हर्मी–६ स्थित महेन्द्र लीला उच्च माविको पुनःनिर्माणका लागि बेलायतमा रहेका नेपालीले रु दश लाख सहयोग गरेका छन् ।

गत वैशाखको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको सो उमाविको पुनःनिर्माणका लागि बेलायतमा बसोबास गर्दै आउनुभएका पोखराका सूर्य गुरुङले रु ६ लाख ३० हजार सहयोग गर्नुभएको छ । उहाँ एनआरएन बेलायतका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । सो रकम उहाँले आफ्नी ७२ वर्षीय आमा शिरकुमारी गुरुङमार्फत विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी, सोही विद्यालयमा अध्ययन गरी हाल बेलायतमै कार्यरत पूर्वविद्यार्थी गणेश गुरुङले पुनःनिर्माणका लागि रु चार लाख सहयोग गर्नुभएको छ । उहाँले च्यारिटी शोमार्फत पुनःनिर्माणका लागि रकम सङ्कलन गर्नुभएको थियो ।

यस्तै, पोखरा बगर निवासी कमल गुरुङ, गोरखा हर्मी निवासी सीता ढकाल, खेमन गुरुङ, खुसीमान गुरुङ, तमु समाज युके, विष्णु तामाङ, म्याग्दीकी विनिता गर्वुजा पुन, मुछेत्र गुरुङलगायतले विद्यालय पुनःनिर्माणमा सहयोग गर्नुभएको छ ।

भूकम्पबाट विद्यालयका १७ वटा कोठा पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts