Sunday, April 24, 2016

क्याराभान हिरो थिन्लेको निधन

दुनै (डोल्पा), १२ वैशाख । बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ ।

सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र ¥याचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले आज जनाएको छ । उहाँ करिब ७५ वर्षको हुनुहुन्थ्यो ।

सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीद्वारा निर्देशित ओस्कारका लागि छनोट भएको उक्त चलचित्रमा थिन्लेले अभिनेताको भूमिका निर्वाह गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts