Sunday, April 24, 2016

माओवादी केन्द्रीय सदस्य लामा रिहा

काठमाडौँ, १२ वैशाख । गिरफ्तारीमा पर्नुभएका नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामालाई आज प्रहरीले रिहा गरेको छ ।

नियन्त्रणमा लिनुका कारण खुलाउन र निसर्त रिहा गर्न माग गर्दै पार्टीले आन्दोलनको घोषणा गरेपछि प्रहरीले आवश्यक पर्दा हाजिर हुने गरी रिहा गरेको हो ।

शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाललगायत कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । उहाँहरुलाई हाल तीनकुने प्रहरीवृत्तमा राखिएको थियो । एक जापानी संस्थासँगको विवादको विषयमा मुद्दा परेपछि उहाँहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts