काठमाडौँ, १७ वैशाख । औपचारिक तथा मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको दोस्रो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।
महिलाको निम्ति महिला मञ्च नेपालले १२७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजना गरेको भेलामा वक्ताहरुले श्रमिक महिलाले गर्दै आएका हरेक साना ठूला सबै कामलाई सरकारले सम्मान गर्नुपर्ने बताएका थिए ।
श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले अहिले देशमा महिलामैत्री संविधान जारी भइसकेकाले संविधान कार्यान्वयनसँगै महिलाको धेरै समस्याको सम्बोधन हुने विश्वास दिलाउनुभयो ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले महिलाको सबैखालका समस्याको सम्बोधन नभएसम्म देश विकास हुन नसक्ने धारणा राख्नु भयो ।
राष्ट्रिय मानवअधिकार आयोग लैङ्गिक महाशाखा प्रमुख सरिता ज्ञवालीले महिलाको सम्मानका लागि महिला महिलाबीच सम्मान र सहकार्यको भावना विकास हुनुपर्नेमा जोड दिनुभयो । भेला शनिबारसम्म सञ्चालनमा रहने छ । रासस
No comments:
Post a Comment