Friday, April 29, 2016

प्रधान सेनापतिलाई सम्मान प्रदान

काठमाडौँ, १७ वैशाख । प्रधान सेनापति राजेन्द्र क्षत्री हल अफ फेममा सम्मानित हुनुभएको छ ।

अमेरिकी सेनाको वार कलेज कार्लिस ब्यारेक पेन्सिभिनिय तालिम गर्नुभएका प्रधान सेनापति क्षत्रीको सम्मानमा आयोजित हल अफ फेम सेरेमोनीका क्रममा उहाँको तस्बिर राखी सम्मान गरिएको नेपाली सेनाले जनाएको छ ।

उक्त सम्मान कार्यक्रममा ७३ राष्ट्रका करिब ४०० जना वरिष्ठ सैनिक र कूटनीतिज्ञ सहभागी रहेको सेनाले बताएको छ ।

अमेरिकी सेनाका शिक्षण संस्थाबाट तालिम लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई यस्तो सम्मान दिने प्रावधानअनुरुप प्रधान सेनापति क्षत्रीलाई सो सम्मान प्रदान गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts