Friday, April 29, 2016

विभिन्न दलबाट एमालेमा प्रवेश गरेकालाई ओलीबाट स्वागत

इनरुवा, १७ वैशाख । सुनसरीमा विभिन्न दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

एमाले सुनसरीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका नेता रमेश श्रेष्ठसहितका नेता एमालेमा प्रवेश गरेका छन् ।

त्यसैगरी नेपाली काँग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल लगायत विभिन्न दलबाट पनि सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका अजय कुसियतले जानकारी दिनुभयो । नवप्रवेशीलाई नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts