Monday, April 18, 2016

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रत्ननगर (चितवन), ६ वैशाख । वर्षासँगै खसेको पहिराका कारण आज साँझदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
साँझ ६ बजे हावाहुरीसहित वर्षा भएपछि स्थानीय कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले बताउनुभयो । सडक फराकिलो पार्ने काम चलिरहेका बेला खनेको क्षेत्रभन्दा माथिबाट ठूलो पहिरो खसेको जनाइएको छ
सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन सो क्षेत्रमा अलपत्र परेका छन् । वर्षा जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts