Monday, April 18, 2016

राइजिङ स्टार बनिन् अनुष्का

काठमाडौँ, ६ वैशाख । यस वर्षको राइजिङ स्टार उपाधि होली गार्डेन विद्यालय बालाजुकी छात्रा अनुष्का मानन्धरले जित्नु भएको छ ।

आज यहाँ क्रिएटिभ वल्र्डले आयोजना गरेको राइजिङ स्टार कार्यक्रममा उत्कृष्ट प्रतिभा देखाउँदै अनुष्का विजेता बन्नुभएको हो । विजेता बन्नुभएकी अनुष्कालाई आयोजकले रु ५० हजार नगदसहित पुरस्कृत गरेको छ ।

बालबालिकाभित्रको प्रतिभा, वौद्विक क्षमतालाई उजागर गर्नका लागि गत वर्षदेखि यो कार्यक्रम गर्दै आएको आयोजक संस्थाका निर्देशक शान्तराम राईले बताउनुभयो ।

यस कार्यक्रममा कक्षा २ देखि ९ सम्मका बालबालिका सहभागी हुन पाउँछन् । यस वर्षका लागि काठमाडौँ उपत्यकाका २६ विद्यालयका ५९ जना बालबालिका सहभागी भई आफूभित्र रहेको नृत्य र गायन प्रतिभा देखाएका थिए ।

सो अवसरमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले यस्ता किसिमका प्रतियोगिताले बालबालिकाको तर्फबाट समाज र राष्ट्रलाई योगदान पु¥याउन थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts