पोखरा, ७ वैशाख । धरान ११ फुटबल क्लब पोखरामा जारी मनकामना केवुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा भारतको उडिसा फायो एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै धरान ११ सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा धरान ११ ले तीन गोल ग¥यो । धरानको जितमा ५९ औं मिनेटमा तीर्थ बस्नेत, ७५ औँ मिनेटमा लक्ष्मण रुचाल र ८४ औं मिनेटमा जिमीले एक÷एक गोल गरेका थिए ।
बुधबारबाट सेमिफाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ । भोलिको पहिलो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । रासस
No comments:
Post a Comment