Tuesday, April 19, 2016

ठग आरपम कषक समहक तनजन पकरउअधयकषसहत सत फरर

इलाम, ७ वैशाख । बचत सङ्कलन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–९ मा रहेको हातेमालो कृषक समूहका तीन जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समूहका उपाध्यक्ष राजु खाम्दाक, कोषाध्यक्ष नेत्रकला पौड्याल र सदस्य चन्द्रकला खतिवडा छन् । सर्वसाधारणलाई समूहको सदस्य बनाई उनीहरूबाट मासिक बचत सङ्कलन गरी रु ६० लाखभन्दा बढी रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ ।

पक्राउ परेकाविरूद्ध ठगी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रूद्र चुडालले जानकारी दिनुभयो । प्रहरीका अनुसार समूहका अध्यक्ष सञ्जीव राईसहित सात जना फरार छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts