Thursday, April 21, 2016

शनत समजल पननरमणम शरमदन गरन

काठमाडौँ, ९ वैशाख । गत वर्ष वैशाख १२ गते गएको भूकम्पको स्मरणमा मानव अधिकार तथा शान्ति समाजले विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा भइरहेको पुनःनिर्माणको कार्यमा श्रमदान गर्ने भएको छ ।

भूकम्पका कारण उक्त सम्पदामा क्षति पुगेकाले बौद्धनाथ क्षेत्र विकास समितिले थालेको पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा समाजले यही वैशाख १२ गते सहयोग गर्न लागेको समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

सो भूकम्पमा परी ज्यान गुमाएकाप्रति स्मरण गर्दै श्रद्धाञ्जलिसभा समेत गरिने उहाँले बताउनुभयो । समाजले भूकम्प अतिप्रभावित जिल्लाका पीडितलाई लत्ताकपडा, खाद्य सामग्रीलगायतका राहत वितरणसमेत गर्दै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts