Thursday, April 21, 2016

आगलगबट पतस घरगठ नषट

तौलिहवा ९कपिलवस्तु०, ९ वैशाख । शिवराज नगरपालिका–७ पिपरीस्थित दलित बस्तीमा आगलागी हुँदा ३५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

आज दिउँसो ३।५० बजे पिपरी गाउँका चिन्ने मुसलमानको घरमा चिया पकाउने क्रममा लागेको गलागीबाट त्यसकोआसपासमा रहेका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी चिन्ने मुसलमान, रामअञ्चल केवट, झिन्कु कँहारलगायतका घरगोठ जल्दा अनुमानित रु ६० लाख बराबरको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख राजनकुमार सिलवालले बताउनुभयो ।

आगलागीपछि सो स्थानका मानिस घर छाडेर भागेकाले क्षतिको विवरण अझ बढ्न सक्ने जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts