काठमाडौँ, ९ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मामिलामन्त्री सुष्मा स्वराजबीच आज नयाँ दिल्लीमा दुवै मुलुकबीचको आपसी सम्बन्ध र हितका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
धर्मपत्नी डा आरजु राणा देउवाको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका पूर्वप्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबीच आज भेटवार्ता भएको भारतीय विदेश मामिला मन्त्रालयले जनाएको छ ।
दलका सभापति र संसदीय दलका नेतामा निर्वाचित भएपछि नेता देउवाको यो पहिलो विदेश भ्रमण हो । सभापति देउवा धर्मपत्नी आरजुको स्वास्थ्योपचारका क्रममा यही वैशाख ७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । रासस
No comments:
Post a Comment