गौशाला, १५ वैशाख । पेट्रोल पम्पबाटै डिजल र पेट्रोल ठगी गरेको आरोपमा महोत्तरी प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।
जलेश्वर नगरपालिका– ५ मा रहेको न्यु विकास आयल स्टोर्सबाट डिजेल र पेट्रोल बिक्री गर्दा नापतौलमा कमी गरी दिने गरेको आरोपमा प्रहरीले सो पम्पका कामदार मनोज साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
महोत्तरीका सहायक प्रजिअ किरण थापाको नेतृत्वमा प्रहरीको टोलीले डिजेल र पेट्रोल नाप गर्दा पाँच लिटर डिजेलमा ८० मिलिलिटर कम भएको र पाँच लिटर पेट्रोलमा १७५ मिलीलिटर कम भएको पाएको थियो ।
नापतौलमा ठगी गर्दै आएका सो पम्पका कामदार साहलाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी गराउनुभयो । रासस
No comments:
Post a Comment