काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पेस गरेका परियोजनाका प्रतिवेदन (डिपिआर) का सर्त स्वीकृत गर्ने र प्रस्तावकका सर्तलाई पूरा गर्न लगाई स्वीकृतिका लागि बोर्डसमक्ष पेस गर्न कार्यालयलाई अख्तियारी दिने निणर्य गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको २३ औँ बैठकले मेट्रो रेल सञ्चालनको दिगोपनलाई सुनिश्चित गर्न काठमाडौँ उपत्यकामा बस ¥यापिट ट्रान्जिट र मेट्रो केबलकार निर्माणको सम्भाव्यता अध्ययन गरी सो बमोजिमको प्रस्तावहरुको विकास र कार्यान्वयन गर्न निणर्यका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव लैजाने निणर्यसमेत गरेको छ ।
बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि अनुमति पाएको कम्पनीलाई विस्तृत परियोजना प्रस्ताव पेस गर्न चार महिना समयावधि थप गर्न निणर्य गरेको छ ।
बोर्डले नेपालमा जियो थर्मल प्लान्टको विकास गर्नेसम्बन्धी प्रस्तावहरु लगानी बोर्ड ऐनअनुसार कार्यान्वयन गर्न तोक्ने निणर्यका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाउने निणर्य गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु कुनै पनि बहानामा कुनै पनि निकाय वा पदाधिकारीबाट हुने ढिलासुस्ती र रोकावट सरकारलाई स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
बोर्डका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटा, उद्योगमन्त्री सोमप्रसाद पाण्डेय, पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, सूचना तथा सञ्चारमन्त्री शेरधन राईसमेत उपस्थिति रहेको उक्त वैठकमा बोर्डका कार्यकारी प्रमुख राधेस पन्तले कार्यालयको तर्फबाट प्रस्तुतिकरण गर्नुभएको थियो । रासस
No comments:
Post a Comment