काठमाडौँ, २७ चैत । विभिन्न राजनीतिक दलका नेता तथा सांसदले सबै राजनीतिक दल मिलेर नयाँ संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
सबै राजनीतिक दलले मुलुकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई विशेष ध्यान दिएर कार्यक्रम अगाडि बढाउनुपर्नेमा उहाँहरुको जोड थियो ।
संयुक्त दलित अधिकार मञ्च नेपालद्वारा यहाँ आज आयोजित ‘नयाँ संविधान र दलित आन्दोलनको वैकल्पिक कार्यदिशा’ विषयक अन्तक्र्रियामा सांसद श्याम श्रेष्ठले संविधान कार्यान्वयनसँगै दलित समुदायको हकबारे कानुन बनाउने क्रममा षडयन्त्र हुन सक्ने आशङ्का गर्नुभयो ।
राष्ट्रिय दलित आयोगका सदस्य–सचिव सीताराम घले परियारले संविधान बन्यो भनेर ढुक्क भएर बस्नुभन्दा पनि कानुन बनाउने क्रममा चलखेल हुन सक्ने भन्दै दलित समुदायले सडक, संसद् र पार्टीभित्र तीव्र सङ्घर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।
आर्थिक, सामाजिक र राजनीतिक रूपमा सदियौँदेखि पछाडि पारिएको जातीय भेदभाव तथा छुवाछूतको पीडा खेप्दै आएको दलित समुदायको संविधानसभामा ४० जनाको सहभागिता रहेको छ ।
मञ्चका संयोजक तारा विकले दलित समुदायमाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्नका लागि पनि सो समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस
No comments:
Post a Comment