Saturday, April 9, 2016

कामदारको हत्या गर्ने बस्नेत पक्राउ

महोत्तरी, २७ चैत । कुुखुरालाई खुवाउन पानी नल्याएको झोंकमा कामदारको हत्या गर्ने महोत्तरीको हात्तीलेटका २७ वर्षीय फाल्गुण भनिने पवन बस्नेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

हात्तीलेट–२ विजय बस्तीका २६ वर्षीय बिजुली सदाको हत्या गरेको आरोपमा बस्नेतलाई सम्सी नाकाबाट प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबार साँझ बस्नेतले निर्घात कुटपिट गरेकामा शनिबार बिहान सदाको मृत्युपश्चात् भागेर भारत गइरहेको बेलामा सम्सी नाकाबाट सादा पोसाकमा खटिएको प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आफैँले सञ्चालन गरेको कुखुरा फर्ममा काम गर्ने सदालाई मदिरा सेवन गरी आएका पवनले निर्घात कुटपिट गरेको स्थानीय जानुका परियारले बताउनुभयो ।

निर्घात कुटाइबाट अनुहार, छाती र कोखमा चोट लागेको सदा चार दिनदेखि ओछ्यानमै थला परेको परियारले बताइन् ।

पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts