राजविराज, ८ वैशाख । सप्तरीको बेल्ही चपेना गाविस–४ स्थित पोखरीमा डुबेर आज एक बालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सप्तरीको पन्सेरा गाविस–३ का देवनारायण मण्डलकी ११ वर्षकी छोरी खुश्बुकुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुश्बु आफनै मामाको विहेमा पाहुना गएको बेला अत्यधिक गर्मीका कारण पोखरीमा नुहाउने क्रममा डुबेको बताइएको छ । रासस
No comments:
Post a Comment