काठमाडौँ, १३ वैशाख । सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले फरक प्रतिभा वियोग सापकोटाका आठ गीतको सिडी एल्बम आज लोकार्पण गर्नुभयो ।
विसं २०२६ मा मोरङ जिल्लामा ढाडको हाडै बलियो नभएका कारण अशक्त, बोल्न र हिँडडुल गर्न नसक्ने तथा हातखुट्टाले बिल्कुलै काम नगर्ने सापकोटाका ती गीत श्रीमती कमला र छोरी एलिनाले बुझी लेखिदिएको जानकारी जनसाहित्यिक मञ्चका उपाध्यक्ष रमेश पोखरेलले दिनुभयो ।
सांस्कृतिक संस्थान र बसिबियाँलो कार्यक्रमको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सचिव थपलियाले सापकोटाले बाँचेको परिवेश, भोगाइ, राष्ट्रियता, सद्भाव र स्वाधीनताका प्रखर स्वर ती गीतमा सम्प्रेषण भएको बताउनुभयो । बसिबियाँलो कार्यक्रमका संयोजक अनिल पौडेलले राज्यले दिने पुरस्कार, पुस्तक प्रकाशनमा सहयोग जस्ता काम विलक्षण प्रतिभाका धनी सापकोटाले पाए नेपाली साहित्य नै समृद्ध हुन्थ्यो भन्नुभयो ।
संस्थानका महाप्रबन्धक राजेश थापाले राष्ट्रिय नाचघरलाई कलाकारहरूको गानाबजानाको केन्द्र मात्र नबनाएर विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा साहित्य, कला, संस्कृतिलाई अगाडि बढाउने अभियानमा आफू लागेको जानकारी दिनुभयो ।
स्रष्टा सापकोटाको बाल्यकालदेखि हालसम्मको अवस्था र उनको सिर्जनाका बारेमा परिचय दिँदै लक्ष्मी निरौलाले ‘खुकुरी’ २०५२, ‘खुला पानामा छरिएका अक्षरहरू’ २०६६ र ‘वियोग सापकोटाका कविता’ २०७२ गरी तीन कवितासङ्ग्रह, फुटकर कथा, कविता, नाटक विभिन्न पत्रपत्रिकामा प्रकाशन भएको जानकारी दिनुभयो ।
घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले एक वर्षका लागि दैनिक तीन चार घन्टा सेवा दिने गरी घरैमा सापकोटाका लागि लेखनदास उपलब्ध गराइदिने वचनवद्धता जाहेर गर्नुभयो । रासस
Monday, April 25, 2016
फरक प्रतिभा सापकोटाको सिडी लोकार्पित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment