Monday, April 25, 2016

चौधरी फाउन्डेसनद्वारा दुई हजारभन्दा बढी आश्रय निर्माण

काठमाडौँ, १३ वैशाख । मुलुकको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान अन्तर्गतको परोपकारी निकाय चौधरी फाउन्डेसनले गोरखा भूकम्पपछिको एक वर्षमा भूकम्प प्रभावितका लागि दुई हजार ५४० आश्रय र ३७ भवन निर्माण गरेको छ ।

फाउन्डेसनले आज यहाँ पत्रकार सम्मेलन गरी भूकम्पपीडितका लागि रु १० हजार अस्थायी आवास निर्माण गर्ने गत वर्ष वैशाख १३ गतेको निर्णयानुसार हालसम्म उक्त सङ्ख्यामा आश्रय निर्माण गरेको जनाएको हो । फाउन्डेसनका अध्यक्ष विनोदकुमार चौधरीले भन्नुभयो– “हालसम्म दुई हजार ५४० अस्थायी आवास र ३७ वटा विद्यालय निर्माण सम्पन्न गरिसकेका छौँ, हिजो र आज मात्र हामीले ५७१ वटा आश्रय र सात विद्यालय भवन भूकम्पपीडित र सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण ग¥यौँ ।”

उहाँले भूकम्पपीडित क्षेत्रको दिगो पुनःस्थापनाका लागि आर्थिक स्वावलम्बनमा सहयोग पु¥याउने उद्देश्यले सिजी उन्नति र सिजी पोलिटेक्निक कार्यक्रम सुरु गरिने जानकारी दिनुभयो । नेपाल सरकार र पुनःनिर्माण प्राधिकरणसँग मिलेर काम भइरहेको बताउँदै उहाँले सार्वजनिक–निजी साझेदारीमा पुनःनिर्माणका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts