खोटाङ, १ वैशाख । बस दुर्घटनामा ज्यान गुमाएका आफन्तले मृतकको शवलाई हेलिकप्टरमार्फत घर लगेका छन् । आज शव परीक्षण सकिएपछि सदरमुकाम दिक्तेलबाट टाढा रहेका पीडितले हेलिकप्टर चार्टर गरेर शवलाई घर लगेका हुन् ।
जिल्लाका सबै ठाउँमा सडकको पहँुच नपुगेकाले पीडितले हेलिकप्टरमार्फत शव लगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।
गर्मी मौसमका कारण शव गन्हाउन थालिसकेकाले महँगो मूल्य तिरेर हेलिकप्टरमा लान बाध्य भएको खोटाङ बाकाचोलका नारायण राईले बताउनुभयो । राईले रु एक लाख ६० हजार तिरेर हेलिकप्टर चार्टर गर्नुभएको थियो । उहाँकी बहिनी समिना राईको मृत्यु थियो ।
यस्तै, उदयपुर ताम्लिछाका ढकबहादुर राईको परिवारले पनि हेलिकप्टरमार्फत शव लगेका छन् । दुर्घटनामा राईको अढाइ वर्षको छोरा ओमश्री राई र श्रीमती शान्ताकुमारी राईको घटनास्थलमै ज्यान गएको थियो । रासस
No comments:
Post a Comment